६ मंसिर, बुधबार
सुनको भाउ तोलामा आज तीन सय रुपैयाँले बढेको छ । तीन सय रुपैयाँ बढेर आज सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।