६ मंसिर, बुधबार ।
भारतमा जङ्गलभित्र करेन्ट लागेर पाँच वटा हात्ती मरेका छन् । झारखण्डको राजधानी राँचीबाट १ सय ७४ किलोमिटर दक्षिणपूर्वमा रहेको मुसाबनी वन क्षेत्रमा हाइ-टेन्सन विद्युतीय तारमा छोइएर तीन वटा छावासहित पाँच वटा हात्ती मरेको वन विभागका अधिकारीहरुले जानकारी दिएका छन् । गाउँलेहरुले जङ्गलमा ती शव देखेपछि विभागलाई जानकारी गराएका थिए । घटनामा मुद्दा दर्ता गरेर अनुसन्धान गर्न आदेश दिइएको छ ।