६ मंसिर, बुधबार ।
काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निणर्यविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । प्रशासनले भोलि गर्ने भनिएका प्रदर्शनलाई लक्षित गर्दै माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने निणर्य गरेको छ । उक्त निणर्यविरुद्ध अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले हिजो छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो । संविधानले बिना हातहतियार शान्तिपूणर् भेला गर्ने अधिकार प्रत्याभूत गरेको भन्दै प्रशासनको निणर्य अन्तरिम आदेशबाट खारेज हुनुपर्ने उनिहरूको माग छ । यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ सालमा माइतीघर आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि त्यसविरुद्धको रिटमा यसअघि नै सर्वोच्च अदालतले जनताको शान्तिपूणर् विरोध प्रदर्शनको अधिकार प्रतिबन्ध नलगाउन परमादेश जारी गरिसकेको छ ।