न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई सिफारिस गरेको छ । आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले चार जना उच्च अदालतका न्यायाधीश र दुई जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । उच्च अदालतका न्यायाधीशबाट सारङ्गा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस हुनुभएको छ । यस्तै कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । रिक्त एक पदमा अझै सिफारिस भएको छैन । प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै सिपाmरिस भएका न्यायाधिसहरूको नियुक्ति हुनेछ ।