३० कात्तिक , बिहिवार ।
विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । खेल भारतको कोलकातामा नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । दुबै टोलीले पहिलो चरणका ९ मध्ये ७ खेल जितेर सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ । गएराती सकिएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । ३ सय ९८ रनको लक्ष्इ पाएको न्युजिल्यान्ड खेल सकिन ७ बल बाँकी छँदा ३ सय २७ रनमा अलआउट भयो । भारतको जीतमा मोहम्मद सामीले ७ विकेट लिनुभयो । न्युजिल्यान्डका डार्यल मिसेलले १३४ तथा कप्तान केन विलियम्सनले ६९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । मुम्बइको वाङ्खडे मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो । भारतका विराट कोहलीले ११७ तथा श्रेयस ऐय्यरले १०५ रन बनाउनुभयो । शुभमन गिल ८० रनमा अबिजित रहनुभयो । विराट कोहली अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै सतक प्रहार गर्ने खेलाडी बन्नुभएको छ ।