अनिता साह
३० कात्तिक , बिहीबार ।
तराइ मधेशमा छठ पर्वको चहलपहल सुरु भए लग्ते स्थानीय बजारहरुमा छठका लागि चाहिने सामानको किनबेच पनि बढेको छ । साथै मानिसहरू घर रङ्गरोगन देखि तालतलैया र बाटोघाटो सरसफाइमा जुटेका छन् । छठ पुजामा प्रयोग हुने दियो, ढाकी, सुपो डाली, मौनी, कोसिया, कुरवार, सर्वालगायत माटो र बाँसका सरसामानको ब्यापार बढेको मलङ्वाका ब्यापारी लक्ष्मी पंडितले बताउनुभयो ।
मलङ्वा ,बीरगञ्ज र जनकपुर लगायत तराईका विभिन्न ठाँउमा रहेका पोखरीहरूको सरफाई र सौन्दर्यीकरणको काम पनि धमाधम भइरहेको छ ।
विशेष गरी तराई मधेसका समुदायले मनाउने छठ आजभोली पहाडी समुदायले पनि मनाउन थालेका छन् । तराई मधेसमा बसाईँ सरेर गएका अन्य समुदायले पनि यो पर्व बनाउन थालेसँगै यसको रौनक झन बढदै गएको छ ।