३० कात्तिक ,बिहीबार ।
देशभर चिसो बढेकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको छ । अरु क्षेत्रको तापक्रम पनि क्रमिक रूपमा घटिरहेकाले त्यसबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । विभागले आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहने भए पनि बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जनाएको छ । दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ । काशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।