सरकारले गरेको टिकटक बन्द गर्ने निणर्य फिर्ता लिन विभिन्न सरोकारवाला संस्थाहरूले माग गरेका छन् । आज एक संयुक्त विज्ञप्ति जारी गर्दै टिकटक बन्द गर्ने निणर् फिर्ता लिन माग गरेका हुन । डिजिटल मिडिया, इन्टरनेटसँग सम्बन्धित विभिन्न ३० वटा संस्था तथा व्यक्तिहरूले संयुक्त जारी गर्दै टिकटक बन्द गर्ने निणर्य असंवैधानिक रहेको बताएका छन् । उनीहरूले टिकटक बन्द गर्दे निणर्य अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको, नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष निकालेका छन् ।