टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति मिश्रीत प्रतिकृया आएका छन् । धेरैजसो राजनीतिक दलका नेताहरुले सरकारको निणर्यको विरोध गरेका छन् । टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले निणर्यप्रति आपत्ति जनाउनुभएको छ । उहाँहरुले सामाजिक सञ्जालमा नियमन गर्नुपर्ने सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउनु गलत भएको बताउनुभएको छ । सरकार उल्टो बाटो हिँडेको उहाँहरुको भनाइ छ । यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि राखिएका सामग्रीको नियमन गर्नुपर्नेमा माध्यम नै बन्द गर्ने निणर्य सही नभएको बताउनुभएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले पनि सरकारको निणर्य गलत भएको बताउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि सरकारको निणर्य गलत भएको बताउनुभएको छ । गलत सामग्री आए भनेर टिकटकलाई बन्द गर्नु भनेको उहाँले भ्रष्टाचारी नेता भएका दललाई विगठन गर्नुजस्तै भएको बताउनुभएको छ । यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र, मानवअधिकार र अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको बताउनुभएको छ । यस्तै अभिब्यक्ति स्वतन्त्रताका पक्षधरहरुले पनि सामाजिक सञ्जालको नियमन गर्नुपर्नेमा बन्द नै गराउनु मानिसको बोल्न पाउने अधिकारको विरुद्ध भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालयमा पत्रकारिता विषयका प्राध्यापक तथा अध्येता डाक्टर सुधांशु दाहालले सरकारले टिकटक बन्द गर्ने निणर्य गरेसँगै व्यक्तिको बोल्न पाउने हकको हनन् भएको सीआईएनसँग बताउनुभएको छ । कतिपयले भने टिकटकमा आपत्तिजनक अभिब्यक्ति र भिडियो आउने गरेको र यसले मानिसलाई विगारेको भन्दै टिकटकमा प्रतिवन्ध लगाउनु जायज भएको बताएका छन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया भारतलगायतका धेरै देशमा टिकटकमा प्रतिवन्ध लगाइएको भन्दै नेपालमा पनि बन्देज गरिनु सामान्य भएको उनीहरुको भनाइ छ । सामाजिक सञ्जाल नियमन कि नियन्त्रण भन्ने विषय पटक पटक उठ्ने गरेको छ । सूचना प्रविधीको क्षेत्रका अध्येता पूर्व प्रहरी नायव महानिरीक्षक डाक्टर राजिब सुब्बाले सामाजिक सञ्जालको नियमन गर्न जरुरी रहेको तर सरकारले नियन्त्रण गर्ने बाटो अपनाउनु गलत भएको सीआईएनसँग बताउनुभयो ।