भक्तपुरमा लक्ष्मीपूजा गर्दा दियो सल्केर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको लोकन्थलीका ८३ वर्षीया साबित्रीदेवी दाहाल रहेको प्रहरीले जनाएको छ । हिजो लक्ष्मीपुजा गर्ने क्रममा दाहालले लगाएको लुगामा आगो सल्किएको थियो । कपडामा आगो सल्केपछि आत्तिएर बैठक कोठामा लडेकी दाहालको घटनास्थलमा नै मृत्यु भएको भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।