टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले निणर्यप्रति आपत्ति जनाउनुभएको छ । उहाँहरुले सामाजिक सञ्जालमा नियमन गर्नुपर्ने सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउनु गलत भएको बताउनुभएको छ । सरकार उल्टो बाटो हिँडेको उहाँहरुको भनाइ छ । यस्तै एमाले महासचिव शंकर पोखरेलले पनि राखिएका सामग्रीको नियमन गर्नुपर्नेमा माध्यम नै बन्द गर्ने निणर्य सही नभएको बताउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि सरकारको निणर्य गलत भएको बताउनुभएको छ । गलत सामग्री आए भनेर टिकटकलाई बन्द गर्नु भनेको उहाँले भ्रष्टाचारी नेता भएका दललाई विगठन गर्नुजस्तै भएको बताउनुभएको छ । यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्र मानवअधिकार र अभिब्यक्ति स्वतन्त्रताको विरुद्धमा रहेको बताउनुभएको छ ।