२७ कात्तिक, सोमबार ।
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निणर्य गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निणर्य गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निणर्य गरिएको हो । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निणर्य तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निणर्य कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निणर्य भएको छ,’ मन्त्री शर्माका अनुसार ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’