२७ कात्तिक, सोमबार ।
सर्लाहीमा दिपावली मनाउने क्रममा दुई स्थानमा आगलगी हुदा तीन लाख बराबरको क्षती भएको छ । सोमबार बिहान ५ बजेतिर बलरा नगरपालिका-२ हनुमान चौकमा दिपावली गरिएको मैनबतीबाट आगो सल्किएर स्थानीय अरुन साहले सन्चालन गरेको मोटरसाइकल वर्कशपमा आगलगी भएको छ ।
आगोबाट पसलभित्र रहेको मोटरसाइकल बनाउने दुई लाख बराबरको समाग्री जलेको छ । प्रहरी चौकी छन्कीटोलाबाट खटिएको प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाएका छन् ।
त्यस्तै, दिपावलीबाट आइतबार राति साँढे ८ बजेतिर धनकौल नगरपालिका ७ बस्ने बुझैवन राय यादवको फुसको घरगोठ जलेर नष्ट भएको छ । आगलगीबाट गोठभित्र रहेको अन्न, नगद, कपडा लगायत एक लाख बराबरको क्षती भएको सर्लाही प्रहरीका सुचना अधिकारी (डिएसपी) दिपेन्द्र पञ्जियार थारुले जनकारी गराए ।