२२ कात्तिक, बुधबार ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि आरती साहलाई न्यायको माग गर्दै आज धर्नामा बसेका हुन् । बुधबारको धर्नामा काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ । जनकपुर उपमहानगरपालिका-९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ । गृह मन्त्रालयले साहका बुवा विनोदप्रसाद साहलाई पत्र पठाएर आधिकारिक प्रतिनिधि तोकेर वार्तामा आउन आग्रह गरेको थियो । तर सरकार र आरती पक्षबीच वार्ता हुनसकेको छैन ।