इजरायल-हमासबीच जारी युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गइरहेको छ । इराक र सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा धेरै हमला भएको रोयटर्सले जनाएको छ । हिजो उत्तरी इराकको इरबिल विमानस्थलमा तीनवटा ड्रोन खसालिएका छन् । त्यहाँ अमेरिकी सैनिक र अन्तर्राष्ट्रिय सैनिकहरू तैनाथ रहेको बताइएको छ । अल मायादीन न्युज नेटवर्कले सिरियाको अल-खदर क्षेत्रमा रहेको अमेरिकी सैन्य शिविरमा आत्मघाती ड्रोन हमला गरिएको दाबी गरेको छ । हालसम्म कुनै समूह वा व्यक्तिले यस आक्रमणको जिम्मेवारी लिएको छैन ।