२२ कात्तिक, बुधबार ।
आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै छ । दुबै टोली अङ्क तालिकाको पुछारमा छन् । भारतको पुनेमा हुने खेल दिउसो सवा २ बजेदेखि सुरु हुनेछ । दुई टोलीबिच भएका पछिल्ला ५ खेलमा ५ वटै खेल इङ्ग्ल्याण्डले जितेको छ । यसअघि हिजो भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले हराएको छ । जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा ४६ ओभर ५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अष्ट्रेलियासँगै, भारत र दक्षिण अफ्रिका सेमिफाईनलमा पुगिसकेका छन् । अब न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान मध्य एक टोली सेमिफाईनलमा पुग्नेछ ।