बाजुरा केन्द्र बिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको विच्छ्याँ केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताउनुभयो । यो भूकम्प गत माघमा बाजुरा केन्द्रबिन्दु भएर गएको ५ दशमलब ९ रेक्टर स्केलको भूकम्पको परकम्प रहेको तामाङले बताउनुभयो भूकम्पको धक्का बाजुरा र आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।