इजरायल-हमास द्वन्द्व परि गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरि १ हजार ४ सय भन्दा बढी व्यक्तिको मृत्यु र २ सयभन्दा बढीको अपहरण गरेपछि इजरायलले गरेको जवाफि आक्रमणमा गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १ सय ४ बालबालिकासहित १० हजार २२ जना पुगेको बिबिसीले जनाएको छ । इजरायलले गाजापट्टीमा बमबारीसहितको आक्रमण जारी राखेको छ ।
यसैबीच संयुक्त राष्ट्र सङ्घका लागि फ्रान्सेली राजदूत निकोलस डे रिभिएरले गाजामा ‘मानवीय युद्धविराम’ को लागी आह्वान गर्नु भएको छ । सुरक्षा परिषदको बैठकपछि उहाँले युद्धविराम दिगो हुनुपर्ने र यसको नेतृत्व पनि परिषदले गर्नुपर्ने बताउनुभयो ।