२१ कात्तिक, मंगलबार।
जाजरकोटमा भूकम्पका कारण ४८ जना पत्रकार प्रत्यक्ष प्रभावित भएको छ भने उनीहरूमध्ये २२ जना पत्रकारको धेरै क्षति भएको छ । ५ जनाको सञ्चार सामग्री अझै निकाल्न सकिएको छैन । भवन भत्किएर ल्यापटप, क्यामरालगायतका सामग्री पूणर्रुपमा क्षति भएको नेपाल पत्रकार महासङ्घ जाजरकोटका सचिव भरत शर्माले जानकारी दिनुभयो । यस्तै जिल्लामा सञ्चालनमा रहेका ४ वटा सामुदायिक रेडियो पनि प्रभावित भएका छन् । रेडियो हाम्रो पाइलाले भवन बाहिर खुल्ला अकासबाटै नियमित तथा अतिरिक्त समय प्रशारणसमेत गर्दे आएको छ । जिल्लामा सञ्चालन भएका अनलाइन मिडिया हाउसमा पनि पूणर्रुपमा क्षति पुगेको छ । जिल्लाका ३ जना पत्रकारलाई पुिरएको अवस्थामा स्थानीयवासीले सकुशल उद्धार गरेका थिए ।