वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा थप एक साताका लागि विद्यालय बन्द गरिने भएको छ । प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि अधिकारीहरूले त्यस्तो निणर्य गरेका हुन् । किसानले पराल जलाउने गरेकाले हरेक शरद याममा दिल्लीको वायु प्रदुषण बढ्ने गरेको छ । नयाँदिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये एक मानिन्छ । यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ । प्रदूषणको स्तर लगातार उच्च रहेकाले दिल्लीमा प्राथमिक विद्यालय एक साताका लागि बन्द रहने दिल्ली राज्य सरकारले जनाएको छ ।