१९ कात्तिक, आइतबार ।
आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दैछ । खेल विहान ११ बजे बिहान त्रिवी क्रिकेट मैदान कीर्तिपूरमा सुरू हुनेछ । नेपालले सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । पछिल्ला पाँच टी-२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन् । समूह ‘ए’मा रहँदै प्रतियोगिताको शुरूआत गरेका दुवै टोली लिग चरणमा समेत भेटेका थिए । सो खेलमा ओमानले नेपाललाई हराएको थियो । नेपाल आज त्यही हारको बदला लिने लक्ष्यसाथ मैदान उत्रनेछ । दुवै टोली २०२४ को विश्वकपमा छनोट भइसकेका छन् ।