सरकारले रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितको उद्धार तथा राहतका लागि ५/५ करोड रुपैयाँ पठाउने भएको छ । आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा ५/५ करोड रुपैयाँ पठाउने निणर्य गरेको हो । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निणर्य भएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ । राहत वितरण एकद्वार प्रणालीबाट व्यवस्थित गर्ने पनि सरकारको निणर्य छ ।