१६ कात्तिक, बिहीबार
भारतमा गत एक वर्षमा सडक दुर्घटनामा परेर एक लाख ६८ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ । एक वर्षमा चार लाख ४३ हजार ३ सय ६६ जना घाइते भएको सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्रालयले जनाएको छ । सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष सडक दुर्घटना र मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा क्रमशः ११.९ प्रतिशत र ९.४ प्रतिशतले बढेको छ । घाइते हुनेको सङ्ख्यामा पनि १५.३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ मा चार लाख ६१ हजार ३ सय १२ वटा सडक दुर्घटना भएका थिए, जसमध्ये एक लाख ५१ हजार ९ सय ९७ वटा द्रूतमार्गसहित राष्ट्रिय राजमार्गमा, एक लाख ६ हजार ६ सय ८२ वटा प्रादेशिक राजमार्गमा र बाँकी २ लाख २ हजार ६ सय ३३ वटा अन्य सडकमा भएका थिए ।