१६ कात्तिक, बिहीबार
रुपन्देहीको देवदह नगरपालिकाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए उपहार दिने भएको छ । बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान अन्र्तगत ३५ दिन भित्र जन्मदर्ता गराएमा पुरस्कारको व्यवस्था गरिएको पालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर ५ बाट यो अभियान शुभारम्भ गरिएको छ । वडा कार्यालयमा ३५ दिन भित्र बच्चाको जन्मदर्ता गराएमा बच्चाले लगाउने तेल, सावुन, स्याम्फु, पाउण्डर, क्रिम जस्ता सामग्री उपहारस्वरुप दिइने वडा नम्बर ५ का अध्यक्ष डुम्रेले बताउनुभयो । शुभारम्भको पहिलो दिन देवदह-५ का ३ जनालाई उपहार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।