१६ कात्तिक, बिहीबार
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ । दिउँसो पनि पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ । पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । राती भने देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।