बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वणर्कारको गोली हानि हत्या गरिएको छ । खाजा लिएर फर्किरहेका बेला परिचय नखुलेको समुहले स्वणर्कारलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाईते भएका स्वणर्कारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । उहाँको उपचारको क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । बेला मोटरसाइकलमा रहेका दुई जनाले स्वणर्कारको छाती र टाउकोमा गोली हानेर नेपाल भारत सीमा क्षेत्रतिर भागेको प्रत्यक्षदर्शीले बताएका छन । उनीहरुको खोजी भईरहेको बाराका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताउनुभयो ।