इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिवार भएका सवारी दुर्घटनामा परी करिब ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ । बेहेरा नजिकै कायरो-अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ ।