अनिता साह
१० कार्तिक, शुक्रबार ।
सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव माथि गोली प्रहार गर्ने दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न मांग गरेको छ । यही कार्तिक ७ गते मंगलबार राती ११ बजेतिर अध्यक्ष यादव माथि अज्ञात समुहद्वारा गोली प्रहार गरिएको थियो ।
कांग्रेस सर्लाही क्षेत्र नं. २ का क्षेत्रीय सभापति एंव मधेस प्रदेश सभाका सदस्य कौशल किशोर राय यादवको नेतृत्वमा आज सुक्रबार दोषीलाई कडा भन्दा कडा कारबाही गर्न प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई ज्ञापन पत्र बुझाएको छ ।
अध्यक्ष यादवको आफनै निजी निवास कौडेना गाउँपालिका वडा नं २ इनर्वा स्थित आफनै घरमा राती ११ बजेको समयमा १ राउण्ड गोली प्रहार भएको थियो ।
अध्यक्ष यादवका अनुसार रातीको खाना खाएर हात धुने क्रममा घरको पश्चिम साइडबाट गोली प्रहार भएको थियो । उक्त गोली प्रहारमा अध्यक्ष यादव झन्डै बाचेका थिए । कसले र किन यस्तो आक्रमण गरेको हो, यस बारेमा आफुलाई केहि थाह नभएको अध्यक्ष यादवको भनाई छ । घटना लगत्तै प्रहरी सो दिन घटना स्थलमा पुगेका थिए । अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले कुनै मानवीय क्षति नभएको बताए । यधपी अध्यक्ष यादवका परिवारजन अहिले डरत्रासमा बाचेका छन ।
यस्ता अपराधिक घटना घटाउने व्यतिलाई कानुनको दायरामा ल्याउनु पर्ने अध्यक्ष रुपेश कुमारले जोडदार माग गरेको छ । सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीन धितालले प्रहरी नायब उपरिक्षक (डिएसपी) डिपेन्द्र पञ्जियार थारुको नेतृत्वमा गठित छानबिन समितीले बिभिन्न कोनबाट घटनाको अनुसन्धान गरिरहेको बताए ।