९ कात्तिक, बिहीबार ।
जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित आज बिहान धान खेतमा अन्दाजी २५ वर्षीय युवक मृत फेला परेको छ । मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । अवालेका अनुसार मुखमा रगत आएकोे र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको बताएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए । हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।