९ कातिक, विहीबार ।
बिजया दसमीको प्रसाद स्वरुप टीका जमरा लगाएर आशीर्वाद लिने क्रम आज पनि चलिरहेको छ । हिजो र अस्ति टीका जमरा लगाउन र आशिर्वाद थाप्न नभ्याएका र टाढा रहेकाहरु आज मान्यजनका घरमा जाने क्रम चलिरहेको हो । यसका कारण चहलपहल पनि बढेको छ । नेपाल पञ्चाङ्ग निणर्ायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले कोजाग्रत पूणर्िमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउनुभयो ।