८ कात्तिक , बुधबार
चालु वर्षको असोजमा मात्रै ४० नयाँ उद्योगमा १ अर्ब ९८ करोड ७३ हजार विदेशी लगानी प्रतिबद्धता आएको छ । असोजमै पुराना उद्योग सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) मा ४६ करोड ८८ लाख प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा भने कुल १ सय ५१ वटा नयाँ उद्योगमा १६ अर्ब ६० करोड ४३ लाख विदेशी लगानी प्रतिबद्धता आएको छ । नयाँ र पुरानो गरी कुल १ सय ७० वटा उद्योगमा २० अर्ब २७ करोड ५२ लाख विदेशी लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । तर साउन र भदौमा २ अर्ब ९९ करोड ८१ लाख भित्रिएको राष्ट्र बैङ्कको प्रतिवेदनले जनाएको छ । मुलुकमा हालसम्म ५७ देशबाट ६ हजार १० उद्योगमा ४ खर्ब ६६ अर्ब ५७ करोड ३२ लाख प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ ।