८ कात्तकि, बुधबार
देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नेपालको पश्चिमी भूभागमा पश्चिमी वायु र पूर्र्वी भूभागमा बङ्गालको खाडीमा बनेको ‘हामून’ चक्रवातको आंशिक प्रभाव रहेकाले आज दिउँसो देशका पहाडी भूभागका एकदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । सीआईएनसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले सुदूरपश्चिम, कणर्ाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जानकारी दिनुभयो ।