३ कात्तिक, सुक्रबार ।
यू-१९ टिमले प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालको प्रतिद्वन्द्वी जापान रहेकोे छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि शनिबार हुने छ । समुह एमा अपराजित हुँदै सेमिफाइल पुगेको नेपालले समुह डीको विजेताको रुपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।
यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समुह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस(डीएलएस) प्रणालीमा ५७ रनले हराउँदै जापान समुह विजेता बनेको हो । यू-१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू-१९ एसिया कप खेल्न पाउने छन् ।