१ कार्तिक, बुधबार ।
रौतहटमा अवैध काठ बोकेको ट्याक्टरसहित चालक पक्राउ परेको छ । मंगलबार साँझ वृन्दावन नगरपालिका ६ हर्षाहा चौक स्थित इलाका प्रहरी कार्यालय गरुडाबाट गएको टोलीले काठ लोड रहेको ना ७ त ४३६८ नम्बरको ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो । बरामद सालको १६ थान गोलिया काठसहित ट्याक्टर र चालक चन्द्रपुर नगरपालिका ३ गैंडाटारका वर्ष २५ को सतावन धामीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरमा बुझाइएको डिएसपी ओम प्रकाश खनालले जानकारी दिए । बरामद ट्याक्टर सहितको काठको कुल २१ लाख नौ हजार तीन सय छत्तिस रुपैयाँ मूल्याङ्कन गरी बन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।