३० असोज, मंगलवार
सेवाग्राहीसँग लाखौ रुपैया घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जना अख्तियारको फन्दामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । यादवका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका- ७ मा रहेको बिचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजार रुपैयाँको चेकसहित एक लाख २५ हजार रुपैयाँ घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेका प्रवक्ता दाहालले बताउनुभयो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो ।