मलंगवा /सर्लाही क्याम्पस मलंगवाको स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका धर्मेन्द्र राय (टका) विजयी भएका छन् ।
राय ५५ मतले बिजयी भएका हुन् । रायले ३८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस निकट नेविसंघका सुजित यादवले ३३१ र मधेसी गठवन्धनका रामप्रवेश साहले २६२ मत प्राप्त गरेका छन् ।