हरिपुर्वा ,७ फागुन । सर्लाहीको हरिपुर्वा नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । बहुमत सदस्यले हरिपुर्वा नगरपालिका ११ औँ नगरसभाको वार्षिक निति कार्यक्रम तथा बजेट पारित भएको छ।
नगर प्रमुख साहले नगर सभा सम्पन्न भएको जानकारी गराउनुभयो । हरिपुर्वा नगरपालिकाको विकास नरुचाउने केही जनप्रतिनिधिले बिभिन्न विवाद गराइ नगरसभा बिथोल्न बिभिन्न बखेडा झिकि रहेको नगर प्रमुख साहको आरोप छ । एक स्थानीयका अनुसार बिगत लामो समय देखि नगरसभा हुन सकेको थिएन आज नगर प्रमुखले नगरसभा गर्नु भनेको राम्रो पक्ष रहेको बताए ।
नगरसभा भैरहदाँ जनप्रतिनिधिहरु बिच नै हात हालाहाल भएको थियो । हातहालाहाल भएपछी हरिपुर्वाको अवस्था तनावग्रस्त बनेको थियो । जनप्रतिनिधि बिच नै हातपात भएपछी स्थिति झडपमा परिणत भएको थियो । नगर प्रमुख बिनोद साहले एकलौटी रुपमा नगर सभा गर्न खोजेको भन्दै जनप्रतिनिधि बिच विवाद भएको थियो ।
हरिपुर्वा नगरपालिका अगाडी ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
हरिपुर्वा नगरपालिकामा अहिले विभिन्न राजनितिक दलहरु २ गुटमा बाडिएको छ । चालु आव को शुरुवात देखी हरिपूर्वा नगरपालिकामा जनप्रतिनिधीहरु बिच आपसी सहमती नहुदा नगरसभा प्रभावित भइरहेको थियो । नगरसभा नहुदा नगरपालिकाको विकास निर्माणको काम लगायत समाजिक सुरक्षा भत्ता, कर्मचारीका तलव, स्वास्थ्यचौकीमा औषधी, कृषि, सिचाई लगायतका कामहरु प्रभावित बनेको थियो ।
लामो समय देखी कर्मचारीहरुको तलव रोकिएपछि माघ २८ गते देखी नगरपालिका भित्रका सम्पुर्ण कर्मचारीहरु कार्यालय बन्द गरेर धर्नामा बसेर नगरसभा गराउन दवाव सृजना गरेको थियो । झडपले कर्मचारीको धर्ना पनि प्रभावित बनेको छ ।
heqtxw