१५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाधाम पुगको छ । हिजो मंगलबार महोत्तरीको कञ्चनवनबाट धनुषाको पर्वतामा आएर रात्रि विश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि धनुषाधामका लागि प्रस्थान गरेका थिए ।
धनुष मन्दिरमा पूजाअर्चना गरेर आज रात्री विश्राम गरेपछि भोलि बिहान सतोषरको लागि परिक्रमा प्रस्थान हुन्छ ।
मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् ।
फागुन ८ गते सुरु भएको परिक्रमा पुनः जनकपुरधाम फर्केर पञ्चकोशी अन्तरगृह परिक्रमा गरेपछि समापन हुन्छ ।