८ कात्तिक, बुधबार ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ । गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो । नाइन- एन-एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । हेलिकोप्टर दुर्घटनामा पाइलट सेढाईंको शरीरको ४५-५० प्रतिशत भाग जलेको थियो । तीन महिनाको अवधिमा दुई पटक मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको थियो ।,,,,,,,,,,,,,,,,,,,,,,