मलंगवा, माघ २३ – सर्लाहीको कविलासी नगरपालिकाका कर्मचारीहरूले स्तर र तह वृद्धि नगरेको भन्दै नगरपालिकाको मूल गेटमा धर्ना दिँदै तालाबन्दी गरेका छन्।
कर्मचारीहरूका अनुसार, पालिकाले पुष महिनामै स्तर र तह वृद्धि गर्नुपर्ने भए पनि अहिलेसम्म कुनै सुनुवाई नगरेको छ। नगरपालिकाका प्राविधिक सहायक रामवचन रायले पालिकाले सूचना प्रकाशित गरेपछि आफूहरूले आवश्यक कागजातसहित आवेदन दिएको तर अहिलेसम्म कुनै प्रक्रिया अघि नबढाइएको आरोप लगाए।
रायका अनुसार, स्तरवृद्धिको नाममा झूटो आश्वासन मात्र दिइएको छ, जसले कर्मचारीहरूको मनोबल गिराएको छ। उनले भने, “पालिकाले स्तरवृद्धि नगरेपछि हामीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छौं। यदि माग पूरा नभएसम्म तालाबन्दी जारी राख्नेछौं।”
नगरप्रमुख ब्रहम्देव यादवले भने, प्रमुख प्रशासकीय अधिकृत बाहिर रहेको कारण समस्या समाधानमा ढिलाइ भएको स्वीकारदै उनले भने, “प्रशासकीय प्रमुख फर्किने बित्तिकै समस्या समाधानका लागि पहल गरिनेछ।” ।
कर्मचारीहरूको निरन्तरको आन्दोलनले नगरपालिकाको प्रशासनिक सेवा प्रभावित हुने देखिएको छ। यदि समाधान चाँडै खोजिएन भने यो विवाद अझै चर्कने सम्भावना छ।