सरकारले सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा चारजना थप गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उपसचिवसरहका सरकारी वकिल, उपसचिव सरहकै राजस्वका कर्मचारी, प्रहरी नायव उपरीक्षक र अधिकृत तृतीयस्तरका तथ्याङ्क विश्लेषक थप गर्ने निणर्य गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले गत असोज १४ गते आयोग गठन गरेको थियो । यस्तै, बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्यान्ड सरकारसँग करिब ६५ करोड रुपैयाँ अनुदान लिन स्वीकृति दिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूणर्बहादुर कुँवरलाई नियुक्त गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरे र नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामास्वीकृत गरेको छ ।