३० कात्तिक, विहीवार |
सुनसरीमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका-६ मालपोत चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मोरङको केराबारी गाउँपालिका-५ का ३४ वर्षीय पदमबहादुर लिम्बूको उक्त दुर्घटनामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिनुभयो । को २ ह ५५६५ नम्बरको टेम्पो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा-३ का ६० वर्षीय बालकुमार खतिवाडाको मृत्युभएको छ । बा २७ प ८७०१ नम्बरको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको थियो । खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।