सर्लाही, माघ १० – नेपाल–भारत सीमाको सर्लाही जिल्लाको कौडेना गाउँपालिका वडा नं. ७ शिवनगर र भारततर्फको सितामढी जिल्लाको खोप्राहा खाप गाउँपालिकाको ६ नम्बर वडाको दशगजा क्षेत्रमा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रङ्गरोगन कार्य शुभारम्भ भएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सीमा स्तम्भ मर्मत कार्यको उद्घाटन गरिएको हो। कार्यक्रममा सर्लाहीको नं. १० गण हेक्वाटरका गणपति स.प्र.उ. विनोद राज खनाल, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्र.ना.उ. दीपक श्रेष्ठ, नापी विभागका नापी अधिकृत कपिल कटवाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका गुल्मपति स.प्र.ना.उ. धन बहादुर राना मगर, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सर्लाहीका अनुसन्धान अधिकृत राम रिझन यादव, कौडेना गाउँपालिकाका वडा नं. ७ का अध्यक्ष विजय कुमार प्रसाद राय यादव लगायत उपस्थित थिए।
त्यसैगरी, भारतीय सशस्त्र सीमा बल (एसएसबी) ५१ बटालियन ‘सी’ कम्पनी कनौलीका एसआई उत्तम चन्द्र कुन्हालको नेतृत्वमा ५ जनाको टोली पनि कार्यक्रममा सहभागी भएको थियो।
सीमा स्तम्भ मर्मत तथा रङ्गरोगन कार्यलाई सीमा क्षेत्रमा आपसी समन्वय र सहकार्यको प्रतीकका रूपमा हेरिएको छ। प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले कार्यक्रमको समुद्घाटन गर्दै सीमा व्यवस्थापन र सीमा क्षेत्रको सुरक्षा बलियो बनाउने उद्देश्यका साथ यो कार्य अघि बढाइएको बताए।
यस कार्यले नेपाल–भारत सीमाको व्यवस्थापनलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Профессиональная базальная имплантация зубов – залог вашего комфорта в Минске.
Базальная имплантация под ключ https://belfamilydent.ru/services/basal-implantation .
Лучшие специалисты в Минске установят циркониевые коронки, помогут вам почувствовать себя увереннее.
Циркониевые коронки в Минске цены https://www.belfamilydent.ru/services/koronki-iz-cirkoniya/ .