सम्मानिय राष्ट्रपति बाट सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ मानपदवी बाट विभूषित भएको छ । संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा अभियन्ता रायको पनि परेका थिए । नया वर्षको शुभ अवसरमा वैशाख १ गते राष्ट्रपति कार्यलयमा विभुषण सुशोभन समारोह आयोजना गरिएको थियो ।
सामाजिक कार्यमा उल्लेखनिय कार्य गरेको वापत नेपाल सरकारले अभियन्ता रायलाई यो मानपदवी प्रदान गरेको छ । सुशोभन समारोहमा अभियन्ता रायले तराई मधेशमा लगाइने आफ्नो परम्परा र संस्कृति झल्काउने पोशाक मै राष्ट्रपति बाट मानपदवी ग्रहण गरेका हुन् । मेरो पोशाक लाई पनि यसरी सम्मान गरिदिएकोमा अभियन्ता रायले हर्षित हुंदै सरकार लाई धन्यवाद दिएका हुन् ।
विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका सरोज रायले विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुलाई रेस्क्यू गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम गर्दै आएका छन् ।
साउदी, बंगलादेश, दुवइ, भारतलगायत विभिन्न देशबाट अप्ठेरोमा परेकालाई उधार गर्नुको साथै देशमै हुने विभिन्न विपत्तिमा परेकालाई उद्धारको गर्नुको साथै पीडितलाई राहत समेत प्रदान गर्दै आएका छन् ।
चुरे तथा वन जंगल संरक्षण, भूमिहीन सुकुम्वासी समस्या, वैदेशिक रोजगारको समस्या लगायतका विभीन्न सामाजिक मुद्दाहरूको उठानको साथ अभियन्ता रायले निरन्तर आन्दोलनहरू गर्दै आएका हुन् ।