मलङ्गवा, सर्लाही – सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
प्रदेश सभा सदस्य जंगिलाल रायले पानसमा बति बालि
कार्यक्रमकाे समुदघाटन गरे ।
शनिबार जानकी होटल एन्ड पार्टी प्यालेसमा आयाेजना गरिएकाे कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य रायले आजकाे दिनका सहकारी आम जनताकाे दैनिकि सँग जाेडिएकाे भएकाेले यस प्रतिकाे बिश्वसनियता कायम राख्नु प्रमुख चुनाैति रहेकाे बताउदै जनताले दुखःले संचयले गरेकाे निक्षेपलाई संरक्षण गर्नु प्रमुख दायित्व रहेकाे बताउनुभयाे ।
संस्थाका अध्यक्ष देवेन्द्र कुमार यादवले संस्था ३७ शेयर सदस्य र ३७ हजार रुपैयाँबाट सुरु भई हाल ८७० सदस्य र ८५,८४,००० रुपैयाँ शेयर पूँजी बिस्तार गरेकाे बताउदै चालू आर्थिक वर्षमा ८१,९९९.२८ रुपैयाँ नाफा भएको जानकारी गराएकाेछ । उहाँले ऋण र ब्याज भुक्तानी समयमै नगर्दा संस्थाको आम्दानी र लाभांशमा असर पर्ने बताउदै भएकाले ऋणी सदस्यहरूलाई समयमै भुक्तानी गर्न अपिल गरिएको छ।
अध्यक्ष यादव संस्थाले कर्मचारीहरूको तालिम, आर्थिक कारोबारको वृद्धि, र सहकारी क्षेत्रमा प्रतिष्ठा कायम गर्न निरन्तर प्रयास गरिरहेको जानकारी गराउनुभयाे ।
प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादवले सहकारी संस्थाले बचत, ऋण प्रवाह र सदस्यहरूको आर्थिक उन्नतिका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थाको मजबुतिका लागि सबैले अझै शसक्त रूपमा काम गर्नु पर्नेमा जाेड दिए ।
कार्यक्रममा स्थानीय गणमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सहकारीको विकासका लागि आफ्नो सुझाव र धारणा प्रस्तुत गरे।