सर्लाही, माघ १३ – राष्ट्रिय मुक्ति पार्टी नेपालकाे सर्लाही जिल्ला पार्टी कार्यालयको उद्घाटन सम्पन्न भएकाे छ।
पार्टीको उद्घाटन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। पार्टीका शीर्ष नेताहरू, स्थानीय नेता-कार्यकर्ता, तथा समर्थकहरूको उपस्थिति रहेको थियाे।
उदघाटन कार्यक्रमसंगै बिनाेद कुमार साहकाे अध्यक्षतामा सर्लाही जिल्ला कार्यसमितिकाे समेत गठन गरिएको छ। नवगठित कार्यसमितिले जिल्लाका स्थानीय मुद्दाहरू सर्लाहीमा राष्ट्रिय मुक्ति पार्टीको जिल्ला कार्यालय उद्घाटन तथा कार्यसमिति गठन गर्दै पार्टीको गतिविधिलाई अझै सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।
पार्टी कार्यालय उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मधेश प्रदेशका पुर्व वन तथा पर्यटन मन्त्री राम नरेश रायले राष्ट्रिय मुक्ति पार्टीले सबै वर्ग, क्षेत्र, र समुदायका समस्या सम्बोधन गर्न सक्रिय भूमिका खेल्ने बताउदै जिल्लास्तरमा पार्टीको सुदृढीकरणले स्थानीय जनताका माग र समस्यालाई समाधान गर्न सहज हुने बताए ।उनले पार्टीको नयाँ कार्यालयले जिल्लामा सामाजिक न्याय र आर्थिक विकासका लागि नयाँ ऊर्जा ल्याउने विश्वास समेत
व्यक्त गरे।
उद्घाटन कार्यक्रममा सर्लाही जिल्लाका विभिन्न क्षेत्रका स्थानीय व्यक्तित्वहरूको सहभागिता देखिएको थियो।