अनिता साह
३० कात्तिक , बिहिबार ।
सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवनकै ८० वर्षीय मानबहादुर राईको रहेकोे प्रहरीले जनाएको छ । बुधवार साँझ हरिवन नगरपालिका–११, कडरिया चोकमा सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका वृद्ध राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको हो ।
हरिपूर्वाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा राईको मृत्यु भएको छ । बसको चालक फरार रहेको छ भने बस प्रहरीको नियन्त्रणमा रहेको छ। बस व्यवसायी सङ्घ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो ।