अनिता साह
१० मंसिर , आइतबार ।
सर्लाहीको बसबरिया गाउँपालिका ५, धनगाडामा करेन्ट लागेर एक बृद्वाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ७० बर्षयिा बेल्टी देवी यादव रहेको हो ।
घाँस काट्ने क्रममा करेन्ट लाग्दा यादवको ज्यान गएको हो । खेतनजिकै रहेको एनसेलको टावरबाट नजिकैको विद्यालयमा लगेको विद्युत् तारबाट वृद्धालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । टावरबाट विद्यालयमा करेन्ट सप्लाई गरेको तार चुँडिएर खेतमा खसेको र सोही तारबाट वृद्धालाई करेन्ट लागेर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अहिले शव परक्षिणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।