अनिता साह
१२ कात्तिक, आइतबार ।
सर्लाहीको कबिलासी नगरपालिका ९ भलुवाहाबाट साढे २ सय किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा कविलासी नगरपालिका-१० का २८ वर्षीय भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवि भनेर चिनिने रवीन्द्र राय रहेका प्रहरीले जनाएको छ । शनिबार राती ९ बजेको समयमा सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया ल्याउँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । बरामद गरिएका गाँजाको अन्दाजी मूल्य ३० लाख रहेको छ । ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी गाँजा ल्याउँदै गरेको अवस्थामा झिम नदी किनारबाट ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका २४ वर्षीय रवीन्द्र राय रहेको हो जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए । आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गरेको हो ।