२२ माघ, सोमबार ।
सर्लाहीको मलंगवा नगरपालिका वडा नं.११ गम्हरीया स्थित चमेलिमाई नजिक सवारी दुर्घटनामा परी नापी कार्यलय मलंगवाका कार्यालय प्रमुख संजय मानन्धर सहित १० जना घाईते भएका छन भने जसमध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको छ । सोमबार राति ८ बजेको करिबमा ज २ ट १०६७ नम्वरको उखु बोकेको ट्याक्टर मलंगवा सडक खण्ड हुदै नवलपुर तर्फ जादै गरेको र सोही दिसातर्फ नापी कार्यालयको कर्मचारीहरु सवार बिआर ०६पिबी ९६४८ नम्वरको भारतीय सफारी गाडी पछाडिबाट ट्याक्टरलाई ठोक्किदा १० जना घाइते भएका छन । घाईते हुनेहरुमा नापी कार्यालयका प्रमुख संजय मानन्धर, बैधनाथ राउत , बैजु यादव , रामलाल साह, संजिव कुमार मण्डल, अजय कुमार यादव, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय रहेका छन ।घाईतेहरु मध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दिपेन्द्र पजियार थारुले जानकारी दिनुुभएको छ । सिकिस्त ४ जना सहित ७ जना प्रादेशिक असपताल मलंगवामा उपचार गराई थप उपचारको लागि बिरगंज तथा काठमाडौंको लागि रेफर गरिएको प्रहरी प्रवक्ता थारुले जनाएको छ । त्यस्तै केही घाइतेहरुको उपचार प्रादेशिक अस्पतालमा भैरहेको छ भने घटना बारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।